एजेन्सी, १६ चैत । अभिनेत्री प्रियंका चोपडाले हालैको एक पोडकास्ट अन्तर्वार्तामा निजी जीवनसँग जोडिएका केही अनौठा कुराहरु सार्वजनिक गरेकी छिन् ।
३० वर्षको उमेरमा आमाको सल्लाहमा डिम्बलाई फ्रिज गरेको उनले खुलाइन् । प्रियंकाकी आमा मधु चोपडा स्त्रीरोग विशेषज्ञ हुन्, उनी ३५ वर्षपछि महिलालाई आमा बन्न निकै कठिनाइको सामना हुने गरेको बताउँछिन् ।
जसकारणले गर्दा प्रियंकाले सम्पूर्ण मेडिकल प्रक्रियाद्वारा डिम्बलाई फ्रिज गरिन् । विवाहको चार वर्षपछि अर्थात् २०२२ मा उनले सरोगेसीमार्फत छोरी मालतीलाई जन्म दिइन् । प्रियंकाले ड्याक्स शेफर्डलाई दिएको पछिल्लो अन्तर्वार्तामा आफूले सधैं बच्चा चाहेको पनि बताइन् ।
प्रियंकाले भनिन्, ‘जब मैले डिम्ब फ्रिज गरें, त्यतिबेलासम्म मेरो विवाह पनि भएको थिएन । मैले निकसँग डेट पनि गरिनँ । डिम्ब फ्रिज गरेपछि, मैले धेरै स्वतन्त्रता महसुस गरें, किनभने कतै मैले मेरो करिअरमा अझै धेरै हासिल गर्न बाँकी थियो ।’, प्रियंकाले काम गर्ने महिलालाई पैसा बचाएर डिम्ब फ्रिज गर्नेबारे सोच्न सुझाव समेत दिइन् । यसले केही फरक पार्दैन । जमेका एग्सको उमेर सधैं एउटै हुन्छ ।’
प्रियंकाले सन् २०१८ मा अमेरिकी गायक निक जोनससँग विवाह गरिन् । विवाह राजस्थानको उदयपुरस्थित उम्मेद प्यालेसमा भएको थियो ।
विवाहपछि उनले सन् २०२२ मा सरोगेसीमार्फत छोरी मालतीलाई जन्म दिइन् । प्रियंकाले आमा बन्न सरोगेसी रोजेकी थिइन् । किनभने उनलाई केही मेडिकल समस्या थियो । प्रियंकाले सामाजिक सञ्जालमा हरेक दिन छोरीको पोस्ट सेयर गर्ने गर्छिन् ।


