एजेन्सी, १५ चैत । प्रजातिको जङ्गली सङ्ख्याको वृद्धि गर्ने उद्देश्यले कृत्रिम नस्लका करिब २३ हजार चिनियाँ स्टर्जनहरूलाई याङ्त्जे नदीमा छाडिएको छ ।
चिनियाँ वन्यजन्तु संरक्षण संघ र अन्य अनुसन्धान संस्थाहरूले मध्य चीनको हुबेई प्रान्तको जिङझाउ र यिछाङ शहरहरूमा उक्त प्रजातिका माछा छोडिएको हो । ती माछाहरू मध्ये २८ वटा १.५ मिटर भन्दा लामो रहेको छ । यसलाई ‘जलीय पाण्डा’ पनि भन्ने गरिन्छ ।
चिनियाँ स्टर्जन १४० मिलियन वर्ष अघि देखि यसको अस्तित्व रहेको मानिन्छ । यद्यपि, याङ्त्जेमा यस्ता थुप्रै प्रजातिहरूको संख्या २० औं शताब्दीको अन्तदेखि घट्दै आएको एक अनुसन्धानबाट देखिएको छ ।
परिस्थितिको संरक्षण र हरित विकासको लागिसन् २०२१ , जनवरी १ मा याङ्त्जेको मुख्य पानीमा १० वर्षका लागि माछा मार्न प्रतिबन्ध लगाइएको जनाइएको छ ।


