काठमाडौं, १४ चैत । गत साता एक कार्यक्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पुगेका तीनजना युवाहरू रिहा भएका छन् ।
जिल्ला प्रशासन काठमाडौंले यसअघि नै धरौटी तोकेको भएपनि उनीहरूले धरौटी नबुझाएका कारण केन्द्रीय कारागार पठाइएको थियो ।
बझाङका १८ वर्षीय विप्लव खड्का, सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत र बागलुङका ३० वर्षीय सोम शर्मा मंगलबार धरौटी बुझाएर रिहा भएको प्रहरीले जनाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरूलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए ।


