माइतीघर पुगेका शाहीविरुद्ध राजाबादी भन्दै नाराबाजी


काठमाडौं, १४ चैत । मिटर ब्याज पीडितलाई भेट्न काठमाडौंको माइतीघर पुगेको सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीविरुद्ध नाराबाजी भएको छ ।

पीडितहरुसँग ऐक्यबद्धता जनाउन माइतीघर पुगेका शाहीविरुद्ध नाराबाजी भएको हो ।

राजवादी र सामान्तवादीको ऐक्यबद्धता नचाहिने भन्दै शाहीविरुद्ध नाराबाजी गरिएको छ । मिटर ब्याज पीडितहरूले आफूहरुको नागरिक आन्दोलन गरेको भन्दै राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए ।

ज्ञानेन्द्र शाही राजावादी र सामन्तवादी भएको भन्दै मिटर ब्याज पीडितहरुले उनीबिरुद्ध नाराबाजी गरेका थिए ।

सांसद शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउन भन्दै माइतीघर पुगेका थिए । शाहीले भने आफू जनप्रतिनिधि भएको नाताले नागरिकको समस्या बुझ्न आएको बताएका थिए ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार