कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित


काठमाडौं, १४ चैत । नेपाली कांग्रेसले मंगलबारका लागि बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । मंगलबार बिहान पार्टी कार्यालयमा बस्ने भनिएको बैठक स्थगित भएको हो ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अब केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत १६ गते बिहीबार बस्ने जानकारी दिए । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन आग्रहसमेत गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्रीहरूको नाम टुंगो लगाउने तय भएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार