जनकपुरधाम, १४ चैत । उदाउँदो सूर्यलाईअर्घ्य दिदैँ चैती छठ सम्पन्न भएको छ ।
सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिदैँ जलासय, सरोवर, पोखरीलगायतमा बनाइएका घाटमा ठकुवा, भुसुवासहितका प्रसादहरु अर्पण गरिएको थियो भने आज विहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठ सम्पन्न भएको छ ।
छठ घाटमा सामग्रीहरुसहित पुगेका श्रद्धालुहरुको भीड रहेको थियो । जनकपुरधामको गंगासागरमा श्रद्धालुभक्तजनको विशेष रौनकता देखिएको थियो ।
कार्तिक महिनामा हुने छठ झैं चैती छठ विधिपूर्वक सम्पन्न भएको हो । जनकपुरधाम स्थित गंगासागर ,अंगराज सागरलगायतका पोखरी तलाउहरुलाई बेहुली झैं सिंगारिएको थियो ।


