‘कामिनो’ को पोस्टर सार्वजनिक


काठमाडौँ, १४ चैत । नेपाली चलचित्र ‘कामिनो’ को कलाकार चयन कार्य समापन भएसँगै पोस्टरसमेत सार्वजनिक भएको छ ।

दीपक ओलीको निर्देशनमा निर्माण हुने फिल्ममा केही समयअघि प्रदीप खड्का,वर्षा सिवाकोटी, नीति शाह हुँदै राजबल्लभ कोइराला अनि शुक्रबार मात्रै अर्का अभिनेता सौगात मल्ल अनुबन्धित भएको जनाइएको छ ।

निर्माण पक्षले सोमबार ‘कामिनो’ मा भोलाराज सापकोटा, प्रवीण खतिवडा, रवीन्द्र झा, कुलदीप अधिकारी र आइपी आचार्यलाई अनुबन्ध गरेसँगै नेपाली कलाकारको ‘लाइन अप’ पूरा भएको जनाउँदै पोस्टरसमेत सार्वजनिक गरेको छ ।

एक्सेस नेपाल फिल्मस्को निर्माण,पूर्ण लामा कृएटिभ डिरेक्टर र सुनील बिष्ट गौली कार्यकारी निर्माता रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । नेपाल र ल्याटिन अमेरिकाका विविध स्थानमा छायाङ्कन हुने फिल्मको प्रमुख नेपाली कलाकार फाइनल भए तापनि एक जना भारतीय र एकजना ब्राजिलेयिन कलाकार भने छनौट गर्न बाँकी रहेको बताइएको छ ।

वैशाख दोस्रो साताबाट छायाङ्कन सुरु गरिने फिल्मको हाल वर्कसप कार्य भइरहेको छ । सौरभ लामाले खिच्ने फिल्ममा एसडि योगी र अलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइनमा रहेको छ । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्मको सहायक निर्देशकमा सागर श्रेष्ठ छन् भने स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईको सहयोग रहेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार