एसियन कप: दोस्रो चरणको छनोटका लागि प्रारम्भिक टोली घोषणा


काठमाडौं, १४ चैत । एएफसी यू–२० महिला एसियन कप क्वालिफायरको दोस्रो चरणको लागि नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ ।

नेपाली यू–२० महिला टोलीका मुख्य प्रशिक्षक याम गुरुङले पहिलो चरणमा ३२ खेलाडीको नाम घोषणा गरेको हो ।

गुरुङले यसअघि पहिलो चरणको छनोट खेलेकै टोलीका अधिकांश खेलाडीसँगै साफ यू–१७ महिला च्याम्पियनसिप खेलिरहेका टोलीका खेलाडी पनि समेटेको जनाएका छन् ।

त्यस्तै राष्ट्रिय टोलीका नियिमत सदस्यहरु प्रिती राई, दीपा शाही र अमिसा कार्कीसमेत टिममा छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले जनाए अनुसार बन्द प्रशिक्षक अप्रिल ४ देखि सुरु हुनेछ ।

दोस्रो चरणको छनोट खेलहरु आगामी जुन ३ देखि ११ सम्म हुने भएको छ ।

दोस्रो समूहमा नेपाल समूह बी मा प्रवेश गरेको छ भने यस समूहमा चीन, म्यानमार र चाएनिज ताइपेइ छ ।

नेपाल पहिलो चरणको समूह विजेता बन्दै दोस्रो चरणमा छनोट भएको हो । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनवटमा नेपालले घरेलु टोली र नर्दन मारियाना आइसल्यान्डमालाई समान ६–० ले पराजित गरेको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार