अमेरिकाको स्कुलमा गोली चल्यो, बालबालिकासहित ६ को मृत्यु


एजेन्सी, १४ चैत । अमेरिकाको टेनेसी स्थित एक निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ ।

न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक युवतीले असाल्ट राइफल र ह्याण्ड गनबाट अन्धाधुन्द गोली चलाउँदा बालबालिकासहित ६ जनाको मृत्यू भएको थियो भने उनी पनि प्रहरीको गोली लागेर मारिएकी छन् ।

गोली लागेर स्कुलका विद्यार्थी र शिक्षिकाहरुसहित ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मृत्यु हुने विद्यार्थीहरु ९ वर्ष मुनिका रहेका छन् । बीबीसीले जनाए अनुसार मृत्यु भएका अन्यमा स्कुलकी प्रमुख, शिक्षिका र सुरक्षा गार्ड छन् ।

कोभेन्ट स्कुलमा करिब २०० विद्यार्थी छन् भने त्यहाँ तीन वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरु पढ्ने गर्छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार