एसईई परीक्षा शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेः मन्त्री महेश प्रसाद यादव


जनकपुरधाम, १४ चैत ।

यही चैत १७ गते देखि हुने एसईई परीक्षा हुँदैछ । एसईई परीक्षाको तयारी र शिक्षक एवं परीक्षार्थीलगायतको व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मधेश प्रदेशको ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षानिकायका अधिकारीहरुसँगको अन्तरक्रिया कार्यत्रबmममा शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले एसईई परीक्षालाई मर्यादित र भयरहीत वातावरणका लागि शान्ति र सुरक्षाको व्यवस्था अपरिहार्य रहेको बताएका छन् ।

सोमबार जनकपुरधाममा भएको माध्यमिक शिक्षा परीक्षा एसईई २०७९ सञ्चालन तथा व्यवस्थापनका सुरक्षानिकायसँग एक दिने अन्तरक्रियामा एसएसई परीक्षालाई मर्यादित, भयरहीत बनाउन शान्तिपूर्ण वातावरण आवश्यकता रहेकाले यसप्रति सुरक्षानिकायको अह्म भुमिका रहेको मन्त्री महेशप्रसाद यादवले बताए ।

शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री यादवले विगतमा जे जस्तो भएपनि यस पटकको परीक्षामा शिक्षक, शिक्षा अधिकारी, सुरक्षाकर्मी तथा अनुगमन संयन्त्रलगायतकाले परीक्षार्थीलाई कुनै पनि किसिमको तनाव र अनावश्यक हो–हल्लालाई नियन्त्रणका लागि सुरक्षानिकायले पहलकदमी लिनु पर्ने बताए ।

उनले परीक्षार्थीले आफ्नो भविष्यबारे कति चिन्तित छन् भन्ने कुरा यस एसईई परीक्षाको परिणामबाट निर्धारण गर्ने हुनाले निर्धक्कतासाथ शान्तिपूर्ण वातावरणमा परीक्षा हुने बताए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार