काठमाडौं, १३ चैत । कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीनजनाले आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले सोमबार महाराजगञ्ज वृत्तमा उजुरी दिएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उजुरी परेपछि दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको छ ।


