काठमाडौं, १३ चैत । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वमन्त्री वर्षमान पुन यसैसाता स्वदेश फर्किने तयारी गरेका छन् ।
स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले उनले यसैसाता स्वदेश फर्किने तयारी गरेका हुन् ।
पुन निकट एक नेताले भने, ‘उहाँको स्वास्थ्यमा उल्लेख सुधार भयो । सबै अवस्था हेरेर यो साताभित्रै स्वदेश फर्किने तयारी छ । जन्डिसको मात्रा घटेको छ । स्वास्थ्यमा सुधार हुँदै गएको छ ।’
जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअप चीन गएका हुन् ।
अहिले नेता पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भइरहेको छ ।


