प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीनजना जेल चलान


काठमाडौं, १३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीनजना जेल चलान भएका छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिए पनि उनिहरूले धरौटी नतिरेपछि कारागार पठाइएको प्रहरीले जनाएको छ ।

कारागार चलान हुनेमा बागलुङ घर भएका सोनु शर्मा, बझाङका विप्लव खड्का र सोलुखुम्बुका उद्धव बस्नेत छन् ।

गत मंगलबार ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्वोधन गर्न जाँदै गर्दा उनिहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

नाराबाजी पछि पक्राउ परेका उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको थियो । उनीहरू ‘स्वतन्त्र युवा अभियन्ता समूह’का सदस्य भएको बताइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार