काठमाडौं, १३ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध प्रदर्शन गरिएको छ ।
सुकुम्बासीहरुलाई हटाउन लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर शाहविरुद्ध सोमबार नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म विरोध प्रदर्शन गरिएको हो ।
संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले संविधान र कानुन विपरीत आफूहरूलाई उठिबास लगाउने काममा मेयर साह लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनु परेको बताए ।
महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएपछि सुकुम्बासीले मेयर साहविरुद्ध प्रदर्शन गरका हुन् ।
विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्नुपर्ने, उनीहरुमाथि लगाइएको सबै मुद्दा खारेज गर्नुपर्ने मागसमेत मोर्चाको छ ।
उनले भूमिहीनहरूलाई जग्गाधनी पुर्जा दिनुको साटो उठिबास लगाउने प्रयास भएको बताए ।


