जघन्य अपराधीलाई उन्मुक्ति दिनु हुँदैन : कमल थापा


काठमाडौं, १३ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन नमिल्ने बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले जघन्य अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता नभएको बताएका हुन् ।

‘माओवादी हिंसात्मक द्वन्द्वकालमा सयौं निर्दोष व्यक्तिहरूको हत्या भएको छ । उनीहरूका परिवारले न्याय पाउनुपर्छ ‘हत्या’लाई वर्गीकरण गरेर अपराधीलाई उन्मुक्तिदिनु संक्रमणकालीन न्यायको मान्यता होइन । हत्या जघन्य अपराध हो । अहिले विद्रोही र सरकार दुवै एउटै भएका छन् । यस्तो बेला जनताको प्रतिनिधि संसदले विवेक गुमाउने छैन भन्ने आशा गर्दछु,’ थापाले लेखेका छन् ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार