एजेन्सी, १३ चैत । वुमन्स प्रिमियर लिगको पहिलो सिजनको उपाधि मुम्बई इन्डियन्सले जित्न सफल भएको छ ।
प्रतियोगिताको फाइनल खेलमा मुम्बईले दिल्लीलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १३२ रनको लक्ष्य दिएको थियो । मुम्बईले अन्तिम ओभरमा नेट सिभर–ब्रन्टको उत्कृष्ट अर्धशतकीय इनिङ्सको मद्दतले पुरा गरेको थियो । सिभर–ब्रन्ट प्लेयर अफ द म्याच भइन् । उनले ५५ बलमा ६० रन बनाइन् ।
दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १३२ रनको लक्ष्य दिएको थियो । मुम्बई इन्डियन्सका बलर इसी वोङले दोस्रो ओभरमा दुई विकेट लिएर दिल्ली क्यापिटल्सलाई ठूलो झट्का दिएकी थिइन् ।


