एजेन्सी, १३ चैत । अफगानिस्तानले पाकिस्तानलाई लगातार दोस्रो टी–२० खेलमा हराएको छ ।
आइतबार शारजाहमा भएको खेलमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान ७ विकेटले विजयी भएको हो ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले १३१ रनको लक्ष्य अफगानिस्तानले एक बल बाँकी छँदा ३ विकेटको क्षतिमा पछ्यायो । अफगानिस्तानलाई जीत दिलाउन रहमानुल्लाह गुराबजले सर्वाधिक ४४ रन बनाउन सफल भए । उनलाई इब्राहिम जारदानले ३८ तथा नजिबुल्लाह जारदानले २३ रन बनाउँदै राम्रो साथ दिएका थिए ।
यसअघि इमाद वसिमको शानदार ६४ रनको मद्दतले पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षति भएको थियो । भने १३० रन बनाउन सफल भएको थियो । त्यस्तै कप्तान शहदाब खानले ३२ रन बनाए । अफगानिस्तानका लागि फजलहक फारुकीले किफायती बलिङ गर्दै ४ ओभरमा १९ रन खर्चदाँ २ विकेट लिएका थिए ।
पहिलो खेलमा पाकिस्तान ६ विकेटले पराजित भए भने यससँगै एक खेल अगावै अफगानिस्तानले शृङ्खला आफ्नो पक्षमा पार्न सफल भएको छ ।


