एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश


विराटनगर, १२ चैत । साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ)सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित शहीद मैदानमा भएको तेस्रो क्वाटरफाइनल खेलमा पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।

एपीएफको जितमा सविन थापा र अरमान्द्र वेडमले गोल गरेका थिए । भुटानको तर्फबाट सान्त्वना गोल फोफोना इब्रहीम फर्काएका थिए ।
निर्णायक गोल गर्ने एपीएफका अरमान्द्र बेडम म्यान अफ द म्याच घोषित भए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार