काठमाडौं, १२ चैत । लुम्बिनीमा भएको युनाइटेड प्रोफेशनल बक्सिङ फाइट क्लब नेपाल एडिशनमा नेपालबाट सहभागी तिनजना मुक्केबाजले जित हात पारेका छन् ।
खेलमा नेपाल र भारतका गरी १६ जना खेलाडीहरु सहभागी थिए । नेपाली मुक्केबाजहरु लक्ष्मण राईले ५० किलो तौल समुहमा भारतका मुक्केबाज शुभम चौहानलाई ३–० अंकको आधारमा हराए ।
यस्तै शुलभ मालाकारले ५७ किलो तौल समुहमा भारतका मुक्केबाज बिनय चौहानलाई नकआउटको आधारमा र मनोज तामाङले ७६ किलो तौल समुहमा भारतमा मुक्केबाज कुल्दिप सिंहलाई टेक्निकल नकआउटको आधारमा जित हासिल गरेका थिए ।
नेपाल प्रोफेशनल बक्सिङ संघलका अध्यक्ष राजन प्रजापतिले यस्ता प्रतियोगिताले खेलाडीको हौसला बढाउने बताए । संघको तत्वावधानमा युनाइटेड प्रोफेशनल बक्सिङ क्लबले टाइगर प्यालेस रिसोर्ट लुम्बिनीमा यो प्रतियोगिता आयोजना गरेको थियो ।


