बुटवल, १२ चैत । लुम्बिनी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।
लुम्बिनी प्रदेशमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले आइतबार पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन् ।
माओवादीबाट मन्त्री बनेका जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसीले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएका छन् ।लुम्बिनी प्रदेश सरकारमा माओवादीबाट तिनजना सहभागी थिए ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएसँगै मुख्यमन्त्री गिरी अल्पमतमा परेका छन् । अब मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।


