काठमाडौं, १२ चैत । गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यकता रहेको बताएका छन् ।
आइतबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दज्र्यानी चिह्न प्रदान गर्दै उनले अनुशासित, स्वच्छ र व्यवसायिक प्रहरी मुलुकलाई आवश्यक रहेको बताएका हुन् ।
पछिल्लो समय प्रविधिको प्रयोगमार्फत हुने अपराध बढेको भन्दै गृहसचिव सिंहले अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यकता रहेको बताए ।
सिंहले प्रहरीलाई अनुशासनहीनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापहरुलाई शुन्य सहनशीलतामा लैजानुपर्ने बभन्दै नवनियुक्त प्रहरी महानिरीक्षकबाट त्यही अपेक्षा रहेको बताए ।


