काठमाडौं, १२ चैत । कवि तथा लेखक उपेन्द्र सुब्बाद्वारा निर्देशित फिल्म ‘जारी’को पहिलो गीत सार्वजनिक भएको छ ।
‘चरी बस्यो’ बोलको लिरिकल गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत तथा स्वरमा रहेको छ ।
शुक्रबार रिलिज भएको फिल्मको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको जनाइएको छ ।
बैशाख १ गतेदेखि प्रदर्शन तयारीमा रिलिज भएको फिल्मलाई कबड्डी फेम्ड निर्माता रामबाबु गुरुङले निर्माण गरेका छन् भने पूर्वी नेपालमा बसोबास गर्ने लिम्बु समुदायमा विद्यमान जारी प्रथाको कथावस्तुमा बनेको फिल्मको शीर्ष भूमिकामा दयाहाङ र मिरुना रहेका छन् ।
ब्लकबस्टर फिल्म ‘कबड्डी ४’ पछि दयाहाङ र मिरुनाले ‘जारी’मा देखिएका हुन् । रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल लगायतकोले अभिनय गरेका छन् । उपेन्द्रको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठले सम्पादन गरेको छ ।
बाँसुरी फिल्म्सको प्रस्तुती र कबड्डी फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्ममा सिर्जना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सहनिर्माता रहेका छन् ।


