‘थ्री इडियट्स’को सिक्वेल बन्ने


एजेन्सी, ११ चैत । आमिर खान स्टारर हिट फिल्म ‘थ्री इडियट्स’को सिक्वेल बन्ने भएको छ । अहिले यो कुराले बलिउड निकै नै तातिएको छ । यो चर्चा यतिबेला सुरु भयो जतिबेला आमिरसहित आर माधवन अर्का कलाकार सरमन जोशीको गुजराती फिल्म ‘कङ्ग्राच्युएसन’लाई प्रवद्र्धन गर्न इन्स्टाग्राम लाइभ भिडियोमा उपस्थित भएका थिए ।

‘थ्री इडियट्स’का यी तीनै कलाकार एकसाथ भेला भएपछि फ्यानले सिक्वेल बन्ने अनुमान गर्न थालेका छन् । सो लगत्तै अभिनेत्री करिना कपुरले पनि इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै सिक्वेल बन्न लागेको संकेत गरिन् ।

हालै अफ्रिकामा छुट्टी मनाएर फर्किएकी करनाले एउटा भिडियो सेयर गर्दै उनले भनिन्, ‘तीनजना कलाकारलाई देखाइएको क्लिप ‘यी तीनजनाले हामीबाट लुकाइरहेका छन् । सरमनको फिल्मको प्रमोसनका लागि भनिएपनि उनीहरु सिक्वेलका लागि काम गरिरहेका हुन सक्छन् । तीनजनाले मात्र काम गर्नेगरी । म बिना कसरी ? मलाई लाग्छ, बोमनलाई पनि यसबारे थाहा नभएको हुन सक्छ होला ।’

फेब्रुअरीमा राजकुमार हिरानीको ‘थ्री इडियट्स’मा क्रमशः फुन्सुक वाङ्डु, राजु र फरहानको भूमिका खेलेका आमिर, शरमन र माधवन शरमनको फिल्मको प्रमोसनका लागि जम्मा भएका थिए ।

‘थ्री इडियट्स’ चेतन भगतको उपन्यास ‘फाइभ प्वाइन्ट समवन’मा आधारित थियो भने २००९ को सबैभन्दा हिट फिल्म बनेको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार