पार्टीले यो लडाइ कानुनी र राजनीतिक रूपमा लड्छ : भारतीय कंग्रेस


एजेन्सी, १० चैत । राहुल गान्धीको लोकसभा सदस्यता खारेज गरिएपछि कंग्रेस महासचिव जयराम रमेशले आफ्नो पार्टीले यो लडाइ कानुनी र राजनीतिक रूपमा लड्ने बताएका छन् ।

ट्वीटरमा उनले लेखेका छन्, ‘हामी डराउने वा चुप लाग्ने छैनौँ । प्रधानमन्त्रीसँग जोडिएको अदानी महाघोटालामा संसदीय समितिको साटो राहुल गान्धीलाई अयोग्य घोषित गरिएको छ ।’

आफ्नो ट्विटको अन्त्यमा उनले भारतीय लोकतन्त्रको अवस्थाको खिल्ली उडाउँदै ‘भारतीय लोकतन्त्र, ओम शान्ति’ लेखेका छन् ।

कंग्रेसको आधिकारिक ट्विटर ह्यान्डलले पनि ट्विट गरेको छ, ‘राहुल गान्धीको लोकसभा सदस्यता खारेज गरिएको छ । उनी लोकतन्त्र बचाउनको लागि हर सम्भव प्रयास गर्दै सडकदेखि संसद्सम्म तपाईँ र यो देशको लागि निरन्तर लड्दै आएका छन् ।’

‘हरेक षड्यन्त्रका बाबजुद पनि उनले यो लडाइँलाई कुनै पनि हालतमा जारी राख्नेछन् र यस मामिलामा न्यायपूर्ण कदम चाल्नेछन् ।’

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार