नेपालमा जन्मदर्ताविहीन बालबालिका २६ प्रतिशत


काठमाडौं, १० चैत । राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार ५ वर्ष वा सो भन्दा कम उमेरका कुल ३० लाख ७ हजार ६४८ जना बालबालिका मध्ये ७४ प्रतिशतको जन्मदर्ता गरिएको पाइएको छ ।

राष्ट्रिय तथ्यांक विभागका अनुसार नेपालमा अहिलेपनि २६ प्रतिशत बालबालिका जन्मदर्ताविहीन रहेका छन् ।

यसैगरी जन्मदर्ता गरेको संख्या हिमालमा ८१ दशमलव ९ प्रतिशत, पहाडमा ७३ दशमलव १ प्रतिशत र तराईमा ७३ दशमलव ७ प्रतिशत देखिन्छ भने प्रदेशगत रुपमा सबैभन्दा बढी कर्णाली प्रदेशमा ८७ दशमलव ३ र सबैभन्दा कम बागमती प्रदेशमा ६७ प्रतिशत बालबालिकाको मात्र जन्मदर्ता भएको देखिन्छ ।

त्यस्तै, १८ बर्ष भन्दा कम उमेरका कुल ९८ लाख ६९ हजार ५८३ बालबालिकामध्ये सबैभन्दा बढी ७७ दशमलव ९ प्रतिशत बालबालिकाहरु आमाबाबु दुबैसँग बस्ने गरेका छन् ।

आमासँग मात्र बस्ने बालबालिका १७ दशमलव १ प्रतिशत छ भने बाबुसँग मात्र बस्ने बालबालिका १ प्रतिशत र अन्य नातेदारसँग बस्ने बालबालिका ३ प्रतिशत छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार