१० वर्षमा पहाड र हिमालको जनसंख्या घट्यो, तराईको बढ्यो


काठमाडौं, १० चैत । नेपालमा विगत १० वर्षमा भौगोलिक क्षेत्रअनुसार तराईको जनसंख्या बढेको छ भने पहाड र हिमालको जनसंख्या कम भएको छ ।

शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार विगत १० वर्षमा तराईको जनसंख्या ३ दशमलव ४ प्रतिशतले बढेको हो ।

यसअघि २०६८ मा तराईमा कुल जनसंख्याको १ करोड ३३ लाख १८ हजार ७०५ अर्थात ५० दशमलव २७ प्रतिशत रहेकोमा २०७८ मा त्यो संख्या १ करोड ५६ लाख ३४ हजार ६ अर्थात ५३ दशमलव ६१ प्रतिशत पुगेको छ ।

त्यस्तै, २०६८ मा पहाडमा कुल जनसंख्याको १ करोड १३ लाख ९४ हजार ७ अर्थात ४३ दशमलव १ प्रतिशत रहेकोमा २०७८ मा त्यो संख्या घटेर १ करोड १७ लाख ५७ हजार ६२४ अर्थात ४० दशमलव ३१ प्रतिशतमा आएको छ ।

हिमाली क्षेत्रमा भने २०६८ मा १७ लाख ८१ हजार ७९२ अर्थात कुल जनसंख्याको ६ दशमलव ७३ प्रतिशत रहेकोमा २०७८ मा १७ लाख ७२ हजार ९४८ अर्थात कुल जनसंख्याको ६ दशमलव ०८ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार