जनकपुरधाम, १० चैत । अर्थविद् डा. भोगेन्द्र झा मधेस प्रदेश सरकारको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।
मधेस प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले झालाई प्रदेश सरकारको आर्थिक सल्लाहकारमा नियुक्त गरिएको हो ।
मुख्यमन्त्री सरोजकुमार यादवले झालाई आर्थिक सल्लाहकारमा नियुक्त गरिएको पत्र शुक्रबार पठाएका छन् ।
प्रदेशको समग्र विकासका लागि योजना तर्जुमालगायत आर्थिक सरोकारमा सुझाव लिन निजी क्षेत्रका अनुभवी र प्रवुद्ध व्यक्तिलाई सल्लाहकार नियुक्त गरिएको प्रदेश सरकारले बताएको छ ।
झा यसअघि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारको पालामा प्रदेश नीति आयोगका उपाध्यक्ष थिए ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत अर्थशास्त्रको प्राध्यापकबाट केही वर्ष अघि अवकाश ग्रहण गरेका डा. झा नेपालको चर्चित अर्थशास्त्रीको रुपमा चिनिन्छन् ।


