सरकारले छिट्टै पूर्णता पाउँछ : उपमहासचिव यादव


जनकपुरधाम, १० चैत । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै दललाई समेटेर सरकारमा सहभागी गराउने बताएका छन् ।

बिहीबार धनुषाको लक्ष्मीनिया गाउँपालिका स्थित कुम्हरौडामा जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक राजन मुक्तीको बुवा डा. बिएन झालाई पार्टी प्रवेश गराउदैँ पूवमन्त्री समेत रहेका उपमहासचिव यादवले सम्मानजनकरुपमा सबै दललाई सरकारमा सहभागी गराइने बताएका हुन् । उनले केही दिनमै सरकारले पूर्णता पाउने बताए ।

उपमहासचिव यादवले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितीलाई स्थिर बनाई मुलुकलाई आर्थिक समृद्धि, विकास तर्फ डोर्याउनका लागि अहिलेको समय निकै महत्वपूर्ण रहेकाले यस तर्फ सरकार गम्भिर हुनुपर्ने बताए ।

माओवादीले विगतदेखि नै उठाउदैँ आईरहेका विभिन्न एजेण्डालाई नछाडेको स्मरण गर्दै उपमहासचिव यादवले समावेशीता समानुपातिक, धर्मनिरपेक्षता, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हुँदै मुलुकलाई समाजवादसम्म डोर्याउनका लागि नागरिकका हरेक समस्या समाधान गर्दै अघि बढ्नुपर्ने दायित्व माओवादी सरकारको रहेको बताए ।

उनले मधेशका समस्या र मधेशका मुद्दाहरुप्रति माओवादी निकै गम्भिर रहेको बताउँदै उनले जन्मसिद्ध नागरिकलगायतलाई नागरिकताको समस्याले निकै पिरोलिएकाले प्रचण्ड नेतृत्वको सरकारले तत्कालै हल गर्ने स्पष्ट पारे ।

उनले मधेशमा अनागरिकका समस्या हल गर्नका लागि सरकारले चाडैँ नै सदनबाट नागरिकता सम्बन्धी बनेको विधेयक पारित गर्ने बताए ।
समाजसेवी डा. झाको नेतृत्वमा अर्जुन भुजेल, सत्यनारायण यादव, अमितकुमार झा, विनोदकुमार साह, रेणु महरालगायतका १ सय भन्दा बढी नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र धनुषाका कार्यालय सचिव श्रीनारायण झा प्रतिहस्तले जानकारी दिए । प्रवेश गर्ने नवप्रवेशीहरुलाई उपमहासचिव यादवले फुलमाला र अबिर लगाई स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य शारदा पहाडी दास, नेकपा माओवादी केन्द्र धनुषाका जिल्ला संयोजक दिपक यादव, नेता सुरेश यादव, युवा नेता देब सागर दास,योङ्ग कम्युनिस्ट लिग नेपालका मधेस प्रदेशको सह संयोजक तथा धनुषा जिल्ला ईन्चार्ज सरोज यादव, धनुषा जिल्ला कार्यालय सचिज श्रीनारायण प्रतिहस्त, सुर्य नारायण मण्डललगायत माओवादी केन्द्रका नेता तथा कार्यक्रताहरुको समेत उपस्थित रहेको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार