काठमाडौं, ८ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिषकुमार सुमनले बारा–२ मा सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाले पाउनुपर्ने बताएका छन् ।
प्रवक्ता सुमनले १० वैशाखमा हुने उपनिर्वाचनमा जसपाले बारा–२ मा आफूहरुको हक लाग्ने भएकोले गठबन्धनको साझा उम्मेदवार आफूहरुले नै पाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘बारा–२ मा सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाको हुनेछ भन्ने हामीले अपेक्षा राखेका छौं । यसअघि त्यहाँबाट निर्वाचित व्यक्ति पनि जसपाकै भएकाले साझा उम्मेदवारीमा हाम्रो हक लाग्छ ।’
नेता सुमनले बारा–२ मा पार्टीले उम्मेदवार टुंगो लगाइनसकेको बताए । जसपाले कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवार निश्चय नगरेको उनले बताए ।


