भण्डारीको उपचारमा लागेको ५५ लाख ८८ हजार रूपैयाँ सरकारले तिर्ने


काठमाडौं, ७ चैत । ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ ।

भण्डारीलाई उपचारका लागि भारत लैजाँदाको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको हो ।

मन्त्रिपरिषदले सांसद भण्डारीलाई एयर एम्बुलेन्समार्फत भारत लैजाँदा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषदको गत फागुन ११ गतेको बैठकले सांसद भण्डारीलाई भारत लैजाँदा लागेको खर्चबापत ५५ लाख ८८ हजार १६४ रूपैयाँ सरकारले व्यहोर्ने निर्णय भएको छ ।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी गम्भीर घाइते भएका थिए । उनको सुरूमा कीर्तिपुरस्थित अस्पतालमा उपचार भएको थियो । आगलागीमा परेर सांसद भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो ।

फागुन ४ गते सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो ।

अहिले सांसद भण्डारीको स्वास्थ्य क्रमिक रूपमा सुधार हुँदै गएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार