‘ऐना झ्यालको पुतली’ सर्वश्रेष्ठ फिल्म


काठमाडौँ, ७ चैत । प्रतिस्पर्धी कलाकार र फिल्मलाई पुरस्कृत गर्दै छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सम्पन्न भएको छ ।

समापन समारोहम बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन विकासका लागि फिल्मको योगदान महत्वपूर्ण हुने बताए । उनले फिल्मले कूटनीतिज्ञको भूमिका खेल्ने चर्चा गरे ।

निफका अध्यक्ष केपी पाठकले नेपालबाट उडान हुने प्रत्येक जहाजमा नेपाली फिल्म स्क्रिनिङको व्यवस्था मिलाउन र फेस्टिभललाई सघाउन पर्यटनमन्त्री किराँतीको ध्यानाकर्षण गराए । घाटामा गएको नेपाली फिल्म उद्योगलाई राहत दिन जहाजमा फिल्म देखाउने व्यवस्था प्रभावकारी हुने उनको भनाई थियो ।

महोत्सवमा नेपाली फिल्मतर्फ ‘प्रकाश’बाट प्रदीप खड्का सर्वश्रेष्ठ अभिनेता र दीया मास्के सर्वश्रेष्ठ अभिनेत्री घोषित भएका छन् । उत्कृष्ट अभिनेता घोषित भएपछि ट्रफी उचाल्दै अभिनेता खड्काले एक्टरको रुपमा पहिलोपटक अवार्ड जित्दा खुशि मिलेको बताए ।

महोत्सवमा ‘ऐना झ्यालको पुतली’ सर्वश्रेष्ठ फिल्म घोषित भएको छ । आफू निर्मित फिल्मले पुरस्कार जितेपछि ट्रफी उचाल्दै निर्माता रामकृष्ण पोखरेलले जुरी र फेस्टिभललाई धन्यवाद दिएका छन् ।

३५ देशका ९५ फिल्मले प्रतिस्पर्धा गरेको महोत्सवमा १३ वटा अवार्ड वितरण भए । महोत्सवमा प्यानल छलफलदेखि मास्टरक्लास संचालन भएका थिए । पाँचदिनसम्म चलेको निफमा ९ सेसन र तीन मास्टरक्लास सम्पन्न भएका थिए । क्रोएसियका फिल्ममेकर इतामी ब्रोजन, भारतका, प्रेमेन्द्र मजुमदार र चीनकी प्राध्यापक ली रानले मास्टर्स क्लास संचालन गरेका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार