चौथो ओएस नेपाल म्युजिक अवार्ड हुने


काठमाडौँ, ७ चैत । ‘नेपाली गीत, सङ्गीत हाम्रो उच्च सम्मान’ मूल नारा साथ आयोजना हुँदै आएको ‘ओएस नेपाल म्युजिक अवार्ड’को चौथो संस्करण आयोजना हुने भएको छ ।

ओएस नेपालले विगत ४ वर्षदेखि नियमित आयोजना हुँदै आएको अवार्डको आवेदन खुल्ला गरिएको हो ।

साँंगीतिक स्रष्टाहरुको सृजनालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना हुँदै आएको अवार्डमा लोकदोहोरी, पप, आधुनिक, आधुनिक पप, देउडा, काठे लगायत गीत सङ्गीतका ६१ विद्यासमेत समावेश गरिएको छ ।

सो अवार्डमा २०७८ वैशाख २ गतेदेखि २०८० वैशाख २ गतेभित्र बजारमा आएका गीत, सङ्गीतले सहभागिता हुने जनाइएको छ ।

ओएस नेपालको कार्यालय वा अनलाइनबाट पनि फारम भर्न सकिने अवार्डको मिति र जुरी केही समयपछि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार