भारतीय प्रधानमन्त्री र जापानी समकक्षीको भेट


एजेन्सी, ७ चैत । दुई दिने भारत भ्रमणमा आएका जापानका प्रधानमन्त्री फुमियो किशिदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

दिल्लीको हैदराबाद हाउसमा भएको भेटमा किशिदाले मोदीलाई जी–७ बैठकलाई निम्तो दिएका हुन् ।

समाचार एजेन्सी एएनआईले जनाए अनुसार भारतीय प्रधानमन्त्रीले निम्तोका लागि आफ्ना जापानी समकक्षीलाई धन्यवाद दिएका छन् ।

किशिदाले प्रधानमन्त्री मोदीले आफ्नो निम्तो तुरुन्त स्वीकार गरेको जनाएका छन् । उनले फ्रि एन्ड ओपन प्यासिफिक (एफओआईपी) को नयाँ योजना घोषणा गर्ने बताए ।

दुई नेताबीच अन्तर्राष्ट्रिय समुदायको समस्या र जी–७ र जी–२० बीच साझेदारी बढाउने विषयमा छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार