एजेन्सी, ७ चैत । अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनसँगको करार नवीकरण नगर्ने चर्चाबीच उनी पुरानो क्लब बार्सिलोना फर्कने चर्चा चुलिएको छ ।
फ्रान्सका सञ्चारमाध्यमहरूले जनाए अनुसार पीएसजीसँग मेस्सीको करार नवीकरण असम्भवजस्तै देखिएको छ । बार्सिलोनाले यसको फाइदा उठाउँदै उनलाई क्लबमा भित्र्याउने तयारी थालिएको छ ।
यसअघि च्याम्पियन्स लिगको अन्तिम १६ बाट पीएसजी बाहिरिएसँगै बार्साका अध्यक्ष जोआन लापोर्टाले पर्दा पछाडी मेस्सीलाई फर्काउन प्रयास गरिरहेको खबर गोल डटकमले जनाएको छ ।
मेस्सीको उच्च तलबको मागसँग पीएसजीका समर्थकहरू असन्तुष्ट रहेको बेला बार्सामा मेस्सीको स्वपनिल पुनरागमन हुनसक्ने अनुमान गरिएको छ ।


