चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको छु : रुसी राष्ट्रपति पुटिन


एजेन्सी, ७ चैत । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भेटवार्ता सम्पन्न भएको छ । सो भेटवार्तामा सीले युक्रेनसँगको लडाइँ अन्त्य गर्न प्रस्ताव राखेको जनाइएको छ ।

सो प्रस्तावमा रुसी राष्ट्रपति पुटिनले चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको प्रतिक्रिया दिएको बीबीसीले उद्धृत गर्दै जनाएको हो ।

रुस–युक्रेनबीचको लडाइँ रोक्ने र शान्ति स्थापना गर्ने उद्देश्य साथ चिनियाँ राष्ट्रपति सी रुस भ्रमणमा गएको बताइएको छ ।

राष्ट्रपति सीले चीन र रुस राम्रो रणनीतिक साझेदार मुलुक भएको भन्दै यो सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने बताए । यसबाट रुस पनि समृद्ध हुने सीले स्पष्ट पारे ।

उनीहरुबीच रुसको आगामी चुनावबारे पनि कुराकानी भएको जनाइएको छ । सो क्रममा चिनियाँ राष्ट्रपति सीले पुटिनलाई आगामी राष्ट्रपति चुनावमा पनि जनसमर्थन प्राप्त हुने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार