पर्सा, ६ चैत । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिकाको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागूऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–१६ बाट १४१ किलो गाँजासहित पक्राउ परेका भारत विहार पूर्वी चम्पारण मोतिहारीको लक्ष्मीपुर निवासी २७ वर्षीय ओमप्रकाश सिंहलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।
विआर ०६ जि ऐ ९६९१ नम्बरको मिनि ट्रकमा गाँजा लुकाइ भारततर्फ लैजाँदै गरेको अवस्थामा पूर्वसूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
रोकिराखिएको भारतीय ट्रकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा गाँजा भेटिएको थियो । चैत ४ मा पक्राउ परेका सिंहलाई ५ गते पर्सा जिल्ला अदालतबाट अनुसन्धानका लागि ७ दिनको म्याद बुझेको सूचना अधिकारी सिंहले बताए ।



