सर्लाही, ६ चैत । सर्लाहीको मलंगवास्थित सर्लाही क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका धर्मेन्द्र राय निर्वाचित भएका छन् ।
रायले ३८६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघ र नेपाल समाजवादी बिद्यार्थी युनियनका उम्मेदवार सुजित कुमार यादवले ३३१ मत पाएका छन् । त्यस्तै, लोकतान्त्रिक विद्यार्थी संघ र समाजवादी विद्यार्थी यूनियनका उम्मेदवार रामप्रवेश साहले २६२ मत प्राप्त गरेका छन् ।
यस्तै उपसभापतिमा नेपाल विद्यार्थी संघ र नेपाल समाजवादी बिद्यार्थी युनियनका उम्मेदवार मो. कौशर अली ३७१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघ र समाजवादी विद्यार्थी यूनियनका आकाश कुमार भगतले २६१ मत पाएका छन् ।
सचिवमा नेपाल विद्यार्थी संघ र नेपाल समाजवादी बिद्यार्थी युनियनका उम्मेदवार कृष्ण कुमार यादव ३५० मत ल्याएर निर्वाचित भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका अवधेश कुमार यादवले ३४० मत पाएका छन् ।
कोषाध्यक्षमा अनेरास्ववियुका अनु अधिकारी २७८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघ र समाजवादी विद्यार्थी यूनियनका संगीता कुमारीले २७२ मत मात्र पाएकी छन् ।
त्यस्तै, सह–सचिवमा नेपाल विद्यार्थी संघ र नेपाल समाजवादी बिद्यार्थी युनियनका नितु कुमारी ३१३ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका अहमद नुरानीले ३०४ मत पाएका छन् ।
यस्तै सदस्यहरूमा अनेरास्ववियुका सुभाष यादव (३८१), कृष्णनन्दन साह कानु (२९२) र निशा कुमारी मिश्रा (२९१) मत प्राप्त गरेर निर्वाचित भएका छन् भने नेपाल विद्यार्थी संघ र नेपाल समाजवादी बिद्यार्थी युनियनका चन्दन महतो (३२९), रुवी खातुन (३१९) र रंजना यादवले (२९६) मत ल्याएर विजयी भएका छन् ।
स्ववियुको नेतृत्व चयनका लागि आइतबार बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजे सम्पन्न भएको थियो । सर्लाही क्याम्पसमा १ हजार १२ जना विद्यार्थीले आ–आफ्नो मताधिकारको प्रयोग गरेका थिए ।
सर्लाही क्याम्पसमा ११ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ३ जनासहित कुल ३५ जनाले उम्मेदवारी दिएका थिए ।


