साउथका धनी अभिनेत्री


एजेन्सी, ६ चैत । बलिउड अभिनेत्री झैँ साउथ (दक्षिण भारतीय) अभिनेत्रीका फ्यान फलोइङ निकै राम्रो छ ।

बलिउड अभिनेत्री भन्दा पनि महगा कैयन साउथकी अभिनेत्री रहेका छन् । साउथका ति धनी ६ अभिनेत्रीको सम्पत्ति बारे चर्चा गर्दै छौँ ।

अभिनेत्री अनुष्का शेट्टीले आफ्नो करियर करियरमा धेरै उत्कृष्ट फिल्म दिएकी छन् । साउथकी यी सुन्दरी कमाइको मामिलामा पनि बलिउड अभिनेत्री भन्दा अगाडि छिन् । अभिनेत्री अनुष्कालाई साउथको सबैभन्दा धनी स्टार पनि भनिन्छ । यी अभिनेत्रीको ११९ करोडको (भारु) मालिक छिन् ।

अभिनेत्री तमन्ना पनि कमाइको मामिलामा धेरै अगाडि नै छिन् । १११ करोड ( भारु)को मालिक तमन्ना आफ्नो दमदार अभिनय र सौन्दर्यले मानिसलाई मोहित पार्छिन् । तमन्नाले पनि साउथका धेरै सुपरहिट फिल्ममा अभिनय गरेकी छन् ।

अभिनेतृ सामन्था साउथकी उत्कृष्ट मध्यकी एक अभिनेत्रीमा हुन् । आफ्नो अद्भुत सौन्दर्य र लियो अभिनयको साथ उनी मानिसहरूलाई आफ्नो प्रशंसक बनाउँछिन् । सामन्था ८९ करोड (भारु)को मालिक छिन् ।

त्यस्तै अभिनेत्री काजल अग्रवाल पनि कमाइको मामिलामा अगाडि छिन् । रिपोर्टका अनुसार अभिनेत्री ८६ करोड (भारु)को मालिक हुन् । साउथकी प्रभावशाली अभिनेत्रीमा पर्ने उनले धेरै उत्कृष्ट फिल्म दिएकी छन् ।

अभिनेत्री नयनतारा साउथकी चर्चित अभिनेत्री हुन् । मानिसहरु उनको सौन्दर्यको लागी पागल छन् । कमाइको मामिलामा नयनतारा पनि अन्य अभिनेत्री भन्दा कम छैनन् । उनी ७४ करोड( भारु)को मालिक छिन् ।

अभिनेत्री रश्मिका पछिल्लो समयकी चर्चित अभिनेत्री हुन् । ‘पुष्पा’ जस्ता धेरै उत्कृष्ट फिल्म अभिनय गरेकी उनी २९ करोड (भारु)की मालिक हुन् । अभिनेत्रीले एउटा फिल्मका लागि तीनदेखि चार करोड फिस लिन्छिन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार