एजेन्सी, ६ चैत । सन् २०२१ को अप्रिलपछि पेरिस सेन्ट जर्मेन पहिलोपटक आफ्नो घरेलु मैदानमा हार व्यहोर्नु परेको छ ।
आइतबार राति भएको खेलमा रेनले पीएसजीलाई यो सिजनमा दोस्रोपटक पराजित गर्न सफल भएको हो ।
पाहुना टोलीले दुई हाफमा एक–एक गोल गर्दै कार्ल टोको एकाम्बीले रेनलाई अग्रता दिलाएका थिए । भने अर्नाउड कालिमुएन्डोले अग्रता दोब्बर बनाए । पराजित भएसँगै पार्क डेस प्रिन्सेसमा पीएसजीको लिगमा ३५ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
पराजित भएपछि क्रिस्टोफर गाल्टियरको टोली शीर्ष स्थानमा ७ अंकले अगाडी रहेको छ । सो टोली पछिल्ला १३ वर्षमा ११ औँ उपाधि जित्ने होडमा छ । २८ खेलपछि पीएसजीको ६६ अंक प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको मार्सेको ५९ अंक छ ।


