पाल्ही बहुमुखी क्याम्पसमा विद्यार्थी संगठन विजयी


बुटबल, ६ चैत । पश्चिम नवलपरासीको पाल्ही बहुमुखी क्याम्पसमा विद्यार्थी संगठन विजयी भएको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वका लागि भएको निर्वाचनमा ठूला दल निकट विद्यार्थी संगठनलाई पाखा लगाउँदै प्रत्यक्षतर्फ जनमत पार्टीको भातृसंगठन जनमत विद्यार्थी संघले प्यानल नै जितेको हो ।

स्ववियु सभापतिमा विद्यार्थी संघका वृजनन्दन कुर्मी २८ मतान्तरले विजयी भएका छन् ।

कुर्मीले १२८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी अनेरास्ववियुसहितको संयुक्त प्यानलका कृष्ण पटेलले १०० मत पाए । भने नेविसंघका सुनिल कुमार गौडले ९८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार