काठमाडौं, ५ चैत । आगामी वैशाखमा नेपालले एसिसी प्रिमियर कपको आयोजनाको जिम्मेवारी पाएको छ ।
एसियन क्रिकेट काउन्सिल (एसिसी) ले नेपाललाई आयोजनाको जिम्मेवारी दिएको हो ।
प्रतियोगितामा १० टोली सहभागी रहने र प्रतियोगिताको विजेताले एसिया कपमा सहभागिता जनाउन पाउनेछ ।
विश्वकप क्रिकेट लिग २ अन्तरगतको अन्तिम सिरिजमा नेपाल र युएईबीचको दर्शकको अत्यधिक उपस्थितिका कारण नेपाललाई आयोजना जिम्मेवारी लिन सहज भएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए ।
१० राष्ट्र सहभागिता रहने प्रतियोगिता भएकाले एकै मैदानमा सबै खेल सम्भव नहुने भएकाले मूलपानी मैदान पनि प्रयोग गरिने पाठकले बताए ।
प्रतियोगिता बैशाख ११ देखि २५ गतेसम्म हुने छ । प्रतियोगिताको विजेता टिमले एसिया कपमा स्थान बनाउने छ । प्रतियोगिताका लगि समूह ‘ए’ मा नेपलासहित कुवेत, कतार, साउदी अरेबिया र युएई छन् ।
समूह ‘बी’ मा बहराइन, हङकङ, मलेसिया, ओमान र सिंगापुर छन् । प्रतियोगितामा समूह चरण, सेमिफाइनल र फाइनल गरी २४ खेल हुने छन् ।
प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ । एसिया कपमा एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ ।
एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।



