पछिल्लो २४ घण्टामा थप दुईजनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, ५ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरबाट १८३ नमुना परीक्षण गर्दा दुईजनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर विधिबाट १८३ नमुना परीक्षण गर्दा दुईजनाको रिपोर्ट पोजिटिभ आएको छ ।

यो अवधिमा चारजना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार