सप्तरीमा तस्करमाथि हवाई फायर गरेर गाँजा बरामद


जनकपुरधाम, ५ चैत । सप्तरी प्रहरीले तस्करमाथि हवाई फायर गरेर १८४ किलो गाँजा बरामद गरेको छ । .

प्रहरीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोवरगाडा छतौनीबाट सो परिमाणको गाँजा बरामद गरेको हो ।

तस्करहरु सो गाँजा घोडामा बोकेर भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरी टोलीलाई देखेपछि छाडेर भागेका थिए ।

गाँजा बरामद गरी ल्याउन खोज्दा उनीहरुले खोस्न खोजेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

प्रहरीले हवाई फायर गरेपछि तस्करहरुको समूह त्यहाँबाट फरार भएको डीएसपी सिंहले बताए । गाँजा तस्करहरुको खोजविन तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार