काठमाडौं, ५ चैत । राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यबाट पद परित्याग गरेको संसदलाई जानकारी गराइएको छ ।
प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य पदबाट राजनीनामा दिएको जानकारी दिएका हुन् ।
राष्ट्रपति कार्यालयले प्रतिनिधिसभा सदस्यमा एक पद रिक्त भएको जानकारी संसद सचिवालयलाई गराएको हो ।


