काठमाडौं, ५ चैत । प्रधानमन्त्रीका शान्ति तथा मानव अधिकार सल्लाहकार गोविन्द बन्दीले आइतबार पदबाट राजीनामा दिएका हुन् ।
पूर्वकानुनमन्त्रीसमेत रहेका बन्दीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा दिएका हुन् ।
उनको राजीनामा स्वीकृत भएको स्रोतले जनाएको छ । तत्कालीन परराष्ट्रमन्त्री विमला राईलाई संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५२औं सत्रमा भाग लिन जानबाट रोक्दै प्रधानमन्त्री प्रचण्डले बन्दीलाई सल्लाहकार बनाएर स्विट्जरल्याण्ड पठाएका थिए ।
प्रधानमन्त्रीले सो पदलाई निरन्तरता दिन सकिने मनसाय राखे पनि बन्दीले सेवा सुविधा लिन उचित नलागेको भन्दै राजीनामा दिएका हुन् ।



