नेपाली कांग्रेस सरकारमा सहभागी हुँदै


काठमाडौं, ५ चैत । नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ ।

आइतबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सबै प्रदेश तथा समावेशी सिद्धान्तअनुसार मन्त्री छानेर सरकारमा पठाउने निर्णयसमेत भएको छ ।

‘योग्यता, योगदान, प्रादेशिक सन्तुलन तथा समावेशीतालाई ख्याल गर्दै मन्त्रीहरू पठाउने निर्णय भएको छ । कुन–कुन मन्त्रालय लिने र ती मन्त्रालयमा क–कसलाई पठाउने भन्नेबारे १० दलीय गठबन्धन र पार्टीभित्र आन्तरिक छलफल गर्ने तयारीमा कांग्रेस छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । नेकपा एमाले, राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट पनि बाहिरिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार