सरकारमा जानका लागि कांग्रेस बैठक बस्दै


काठमाडौं, ५ चैत । सरकारमा जानका लागि नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बैठक बस्ने लागेको जनाएको हो ।

प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । संसदीय दलको बैठकअघि नै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्दै छ ।सङ्घीय संसद् भवनको शङ्कर हलमा केही बेरमा बस्दैछ ।

कांग्रेस कार्यसम्पादन र संसदीय दलको बैठकबाट सरकारमा जाने निर्णय गर्ने कांग्रेस महामन्त्री गगन थापाले बताए । यसअघि संसदमा कांग्रेस र एमालेले प्रमुख प्रतिपक्षी दाबी गर्दा संसद बैठक प्रभावित भएको थियो । कांग्रेसले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गर्ने महामन्त्री थापाले बताए ।

गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमै बस्दै आएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार