एजेन्सी, ५ चैत । इर्लिङ हालान्डको ह्याट्रिकसहित बर्नलीलाई ६ गोल गर्दै म्यान्चेस्टर सिटीले सहजरुपमा जित्न सफल भएको छ ।
सिटीले ६ गोल गर्दा बर्नलीले त्यसको एउटै जवाफी गोल गर्न सकेनन् ।
बर्नलीलाई पराजित गरेसँगै सिटी एफ ए कपको सेमिफाइलमा प्रवेश गरेको छ ।
इतिहाद स्टेडियममा हालान्डले पाँचौँ दिनमा दोस्रो ह्याट्रिक गरेका छन् । त्यसअघि च्याम्पियन्स लिगमा आरबी लाइपजिगलाई हराउँदा उनले ५ गोल गरेका थिए। पछिल्लो सिजनमा उनले ४२ गोल गरे पु¥याएका थिए ।
नर्वेजियन हालान्ड प्रिमियर लिगका सबै प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने रुड भान निस्टेलरोय र मोहम्मद सलाहको संयुक्त कीर्तिमानभन्दा दुई गोल पछि परेका छन् । भने सिटीका लागि जुलियन अल्भारेजले दुई गोल थपेका छन् ।
सात सिजनमा पेप गार्डियोलाको नेतृत्वमा रहेको सिटीको छैटौं पटक सेमिफाइलनमा प्रवेश गरेका छन् ।



