ट्रम्पमाथिको कारबाही २ वर्षपछि फुकुवा


एजेन्सी, ५ चैत । अमेरिकी टेक कम्पनी युट्युबले करिब २ वर्षपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको कारबाही फुकुवा गरेको जनाएको छ ।

टेक जायन्ट युट्युबले करिब २ वर्षअघि ट्रम्पको च्यानलमाथि प्रतिबन्ध लगाएको थियो । ट्रम्पले आफ्नो च्यानलमा भिडियो पोस्ट गर्दै हिंसालाई बढुवा दिएको आरोपसहित प्रतिबन्ध लगाएको थियो ।

युट्युबअघि एलन मस्कको ट्वीटर र मार्क जुकरवर्गको मेटा र इन्सटाग्रामले समेत ट्रम्पमाथिको प्रतिबन्ध फुकुवा गरिसकेको जनाएका छन् । प्रतिबन्ध हटेसँगै अब ट्रम्पको युट्यूब च्यानल प्रयोगकर्ताका लागि योग्य बनेको छ । अब उनले भिडियोहरू पोस्ट गर्न सक्ने युट्युबले जानकारी दिएको छ ।

सो आरोपसँगै सबैजसो सामाजिक सञ्जाल प्लेटफर्मले ट्रम्पमाथि प्रतिबन्धको घोषणा गरेका थिए । उक्त प्रतिबन्धसँगै ट्रम्पले आफ्नै लगानीमा ‘ट्रुथ सोसियल’नामक सामाजिक सञ्जाल सुरु गरेका थिए । जुन प्रभावकारी भने हुन सकेको थिएन ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार