जनवादी गायक रामेश श्रेष्ठ सम्मानित


हेटौडा, ५ चैत । जनवादी गायक रामेश श्रेष्ठ हेटौंडामा युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मान–२०७९ बाट सम्मानित भएका छन् ।

प्रगतिशील लेखक संघ मकवानपुरले श्रेष्ठलाई २० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

श्रेष्ठले गीत संगीतको माध्यमबाट जनजागरण गर्दै जनतामा चेतना भर्न अहम् भूमिका खेल्नुका साथै साँस्कृतिक आन्दोलनमा योगदान पुर्याएकोले सम्मान गरिएको संघका अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिए ।

पहिलोपटक २०७८ सालमा स्थापना भएको सो सम्मानबाट गएको बर्ष प्राध्यापक डा.पशुपति तिमल्सिना सम्मानित भएका थिए । गएको बर्ष १५ हजार रुपैयाँ नगद रहेको पुरस्कार यो बर्ष पुरस्कारदाता साहित्यकार आरसी रिजालले २० हजार रुपैयाँ पु¥याएका छन् ।

०१८ सालदेखि गायन क्षेत्रमा सक्रिय रहेका जनवादी गायक श्रेष्ठको एक जुगमा एक दिन, रक्त क्रान्तिको ज्वालामुखी, गाउँगाउँबाट उठ, आउ मिलाउ हाम्रा हातहरु, गाई त बाध्यो ढुङ्ग्रोमा मोही छैन्, कोही त जहाजमा हरर लगायतका गीतहरु चचित छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार